(Sunday, 16 December, 2018)
By: आजको अर्थ
असोज ३, २०७५


मुम्बई – एक फिल्म हिट हुन थुप्रै मानिसको योगदान रहने गर्दछ । तर फिल्म रिलिज पछि भने दुई ब्यक्ति मात्र दर्शकले सम्झने गर्दछन् । ति हुन् हिरो र हिरोइन । बलिउडका हिरोइनको कुरा गर्ने हो भने उनीहरुले धेरै प्रकारको फिल्ममा फरक फरक भुमिका निर्बाह गरेका छन् । चाहे त्यो लभ, एक्सन होस् वा रेप सिन । उनीहरुको उक्त सिन फिल्म सफलताको कारण पनि बनेको छ । अहिले भने ति पाँच अभिनेत्रीको चर्चा गर्न खोजिएको जसको रेप सिनले फिल्म हिट भएको थियो ।
  
उर्मिला मातोन्डकर :
२००२ मा आएको फिल्म ‘दीवानगी’मा उर्मिलाले दिएको रेप सिन निकै चर्चामा रह्यो । फिल्ममा उर्मिलाको अलवा अजय देवगन र अक्षय कुमार पनि मुख्य भुमिकामा थिए ।  अजय गलत आरोपको कारण जेलमा रहेको फिल्ममा देखाइएको थियो ।

मनीषा कोइराला :
२००२ मै आएको मल्टिस्टार फिल्म ‘दुश्मन’मा मनीषा कोइरालाले रेप सिन दिएको थिइन् । फिल्मको कथा नै उनको रेप सिनबाट अगाडि बढेको थियो । फिल्ममा रजत बेदी र सिद्धार्थ रायले उनको रेप गरेका थिए ।
 
ऐश्वर्या राय :
अनिल कपुर र ऐश्वर्या राय अभिनित फिल्म ‘हमारा दिल आपके पास है’मा ऐश्वर्याले रेप सिन दिएकी थिइन् । यो फिल्म पनि यही सिनका कारणले हिट भएको थियो । फिल्म २००० मा सार्वजनिक प्रदर्शनमा आयो ।  
  
रवीना टंन्डन :
गत बर्षको चलचित्र ‘मातृ’मा रवीनाले रेप सिन रहेको थियो । यो फिल्मको पुरै कथा रेपको घटनाले ल्याएको उतरचढापमा आधारित बनाो थियो । तर चलचित्र चल्नुको कारण रवीनाको रेप सिन भनियो । 

काजोल :
संजय दत्त र काजोल अभिनित फिल्म ‘दुश्मन’१९९८मा रिलिज भएको थियो । फिल्ममा काजोलले रेप सिन दिएकी थिइन् । उक्त सिनले गर्दा दर्शक हलमा ओर्लिएका थिए ।
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत