अन्ततः स्वावलम्म्बन लघुवित्तको शेयर कारोबार फुकुवा

३ बर्ष अगाडि

काठमाडौं – गत फागुन २० गतेदेखि रोक्का रहेको स्वावलम्म्बन लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार ंबुधबारदेखि फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज एक सुचना जारी उक्त लघुवित्तको शेयर कारोबार खुल्ला गरेको हो । 


कम्पनी रजिष्ट्रारको कार्यालयल पत्रअनुसार शेयर कारोबार फुकुवा गरेको नेप्सेको भनाइ छ ।  लघुवित्तको २६ प्रतिशत बोनस शेयरमा वितरणमा अन्योल भएको भन्दै नेप्सेले शेयर कारोबार रोक्का गरेको थियो । अहिले कम्पनी रजिष्ट्रारको कार्यालयले उक्त कम्पनीलाई २६ प्रतिशत बोनस पश्चात चुक्तापूँजी रू. ७९ करोड २३ लाख ९९ हजार कायम गर्न स्वीकृति दिएकोमा भुल भएको भन्दै त्यस निर्णयलाई कार्यान्वयन नगराउन नेप्सेलाई पत्र पठाएको थियो । त्यसपछि लघुवित्तको कारोबार फुकुवा गरिएको हो ।
हाल लकडाउनका कारण शेयर बजार बन्द रहेकाले शेयर कारोबार हुन सक्दैन । शेयर बजार खुलेपछि उक्त लघुवित्तको शेयर कारोबार गर्न सकिने छ । 

 

३ बर्ष अगाडि

प्रतिक्रिया