फेवाबजारबाट सामान खरिद गर्दा १ लाख सम्मको कोभिड इन्स्योरेन्स पाइने

३ बर्ष अगाडि

काठमाडौं– फेवाबजार ई–कमर्श कम्पनीले (फेवाबजार अनलाई सपिङ)ले आफ्ना ग्राहकको कोभिड इन्स्योरेन्स गर्ने भएको छ । 


कोरोनाभाइरस संक्रमण बढीरहेको अहिलेको परिस्थितिमा सम्पूर्ण ग्राहकहरूको स्वास्थ्यलाई विशेष ध्यानमा राख्दै फेवाबजारले पाँच हजार भन्दा बढीको आवश्यक सामान खरिदमा एक लाखसम्मको कोभिड इन्स्योरेन्स गराउने भएको हो । 


बिगत केही समयदेखि कोभिड–१९को महामारीका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । यस विषम परिस्थितिमा फेवाबजार ई–कमर्श कम्पनीले (फेवाबजार अनलाई सपिङ) नेपालको पमुख शहरहरु काठमाडौं र पोखराबाट सेवा दिँदै आइरहेको छ । 


फेवाबजार यस महामारीको समयमा सबैभन्दा धेरै शहरहरुमा आफ्नै डिलर र आउटलेटबाट सेवा प्रदान गर्ने ई–कमर्श कम्पनी पनि बनेको छ । फेवाबजारको मोबाइल एप डाउनलोड गरि सेवा लिन सकिन्छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया