प्रधानमन्त्री ओली नेकपा को स्थायी समिति बैठकमा अनुपस्थितनेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबारको स्थायी समिति बैठकमा उपस्थित नरहेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
बैठकपछि पत्रकारमाझ प्रस्तुत भएका प्रवक्ता श्रेष्ठले महासचिव विष्णु पौडेलमार्फत ओलीले बैठकमा सहभागी हुन नसक्ने सन्देश पठाएको जानकारी दिए । अरु नै काममा व्यस्त हुनुपर्ने भएकाले बैठकमा उपस्थिति हुन नसक्ने कुरा महासचिवमार्फत ओलीले सन्देश पठाएको श्रेष्ठको भनाइ छ । समय मिले आउछु भन्ने सन्देश समेत पठाएको भएपनि ओली बैठक अवधिभर नआएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।
प्रतिक्रिया