वन्यजन्तु पालनमा रोक लगाइयो

३ बर्ष अगाडि

सरकारले वन्यजन्तु पालनमा फेरि रोक लगाएको छ । वन्यजन्तुबाट कोरोना भाइरसको संक्रमण फैलिनसक्ने सम्भावना रहेको भन्दै तत्कालका लागि वन्यजन्तु पालनमा रोक लागाइएको हो ।
चीनको बुहानबाट सुरु भएर अहिले विश्वभर फैलिरहेको कोरोनाभाइरसको संक्रमण फैलिरहेको बेलामा चिकित्सकहरूले वन्यजन्तुबाट पनि टाढा रहन सुझाव दिएका छन् । 
कोरोनाभाइरस वन्यजन्तुबाट मानिसमा फैलिन नदिनका लागि वन तथा वातावरण मन्त्रालयले वन्यजन्तु पालन गर्न पाउने व्यवस्था तत्कालका लागि रोक लगाएको छ ।

वन्यजन्य पालन तथा प्रजनन तथा अनुसन्धान कार्यविधि २०६० अनुसार हाल कृषकहरूले व्यवसायीक रुपमा कालिजपालन गर्न थालेका थिए । कारोबार दैनिकमा खबर छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया