दाङको सिस्नेरी खोलामा पक्की पुल सञ्चालनमा

३ बर्ष अगाडि

दाङको शान्तिनगर गाउँपालिका वडा नं ३ सिस्नेरी खोलामा निर्मित पक्की पुल सञ्चालनमा आएको छ । उक्त पुलको शनिबार गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले उद्घाटन गरेका हुन।

प्रेमधन निर्माण सेवामार्फत रु २० लाख लगानीमा पुल निर्माण गरिएको सो पुलबाट गाउँपालिकाका पहाडी क्षेत्र बस्तीखोला, साउनी, बाघखोरलगायतका नागरिकलाई आवतजावत गर्न सहज हनेछ ।  

यसअघि त्यहाँ वर्षाका समयमा सवारी साधन आवातजावत ठप्प हुने गरेको थियो । पुल संरक्षणका लागि सोही खोलामा तटबन्धनसमेत गरिने भएको छ । त्यसका लागि वडा नं  ३ ले रु दुई लाख  बजेट छुट्याएको छ ।

यसअघि सोही स्थानमा पुल नहुँदा आवतजावतमा समस्या हुने गरेको वडा नं ३ बस्तीखोलाका आइतुराम विकले बताए  । ‘वर्षामा भेल आउँथ्यो, पुल थिएन, त्यसैले आवतजावत गर्न पनि समस्या हुन्थ्यो’, उनले भने, ‘अहिले पुल बन्यो, सहजै आवतजावत गर्न सकिन्छ ।’ 

गाउँपालिकाले पहाडी क्षेत्रको सडक सञ्जाल विस्तारमा ध्यान दिएको छ । 

विकासको मुख्य आधार नै सडक भएकाले गाउँगाउँमा सडक सञ्जाल जोडेमा पहाडी क्षेत्रको विकासले फड्को मार्ने गाउँपालिकाका अध्यक्ष डाँगीको भनाइ छ । 

सबै गाउँमा कच्ची सडक पुगेको र अब तिनलाई पक्की बनाउनेतर्फ आफ्नो ध्यान गएको उनले बताए । 
\

३ बर्ष अगाडि

प्रतिक्रिया