पूजाप्रति सुष्माको कटाक्ष ः ‘नेपालका हिरोइन देखेर लाज लाग्यो’

३ बर्ष अगाडि

नेपालमा कतिवटा जिल्ला र प्रदेश छन् ? यसको जवाफ ५ कक्षामा पढ्दै गरेको एक बालकले पनि फ्याट्ट दिनसक्छ । नेपालमा ७७ जिल्ला, १४ अञ्जल र ७ प्रदेश छन् । तर, नेपाली फिल्मकी एक अभिनेत्रीले नेपाललाई ७७ जिल्लाबाट १४ जिल्लामा झारिदिएकी छन् । नेपाली नागरिक भएर नेपालमा कति जिल्ला र प्रदेश छन् भन्ने सामान्य ज्ञान पनि नभएकी अभिनेत्री हुन्, पूजा शर्मा । 
 
उनले एक अन्तर्वार्तामा नेपालको जिल्लाको संख्याबारे दिएको गलत जवाफको भिडियो क्लिप केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । पूजाले तीन महिनाअघि प्राइभ टिभीमा दिएको अन्तर्वार्तामा नेपालमा १४ जिल्ला रहेको बताएकी थिइन् । यो अन्तर्वार्ता यूट्युबबाट हटाइए पनि उनले नेपालको जिल्लाबारे दिएको जवाफको भिडियो अहिले छ्यापछ्याप्ती भएको छ ।
 
अभिनेत्री पूजा शर्माले नेपालमा १४ वटा जिल्ला रहेको भन्दै जवाफ फर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनी ट्रोलको शिकार भएकी छन् । नेपालमा जन्मिएर नेपालमा कति जिल्ला छन् भन्ने ज्ञान नहुने अभिनेत्रीले आफूलाई नेपाली भन्न नसुहाउने भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको आलोचना पनि गरिरहेका छन् । यद्यपि, यस विषयमा पूजा मौन छिन् । 
 
यसबीच, अभिनेत्री सुष्मा कार्कीले पूजाको कटाक्ष गरेकी छन् । उनले इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, ‘नेपालमा कतिवटा जिल्ला र प्रदेश छन् भन्ने ज्ञान नहुने नेपालका हिरोइन देखेर लाज लाग्यो । छिःछिः ।’ उनले पूजाप्रति प्रहार गरेको यो पहिलो पटक भने होइन । उनीहरुबीच वर्षौंदेखि पानी बाराबारको सम्बन्ध छ । यसकारण पनि पूजा सुष्माको निशानामा परिरहेकी हुन्छिन् । 

पूजाको हरेक एक कमी(कमजोरी औंल्याएर बस्ने गरेकी सुष्माले एकपटक फेरि उनको कटाक्ष गर्ने मौका पाएकी छन् । नेपालको जिल्लाबारे दिएको गलत जवाफका कारण पूजा आलोचनाको पात्र बन्दा अहिले सुष्मा जति खुसी को होला र ? तर, नेपालीमा एउटा उखान छ, ‘अरुको आंगको जुम्रा देख्ने तर आफ्नो आंगको भैंसी समेत नदेख्ने ।’ योभन्दा पहिले नेपालमा कति जिल्ला छन् भन्ने ज्ञान सुष्मालाई चाहिँ थियो कि थिएन कुन्नी ?

 


३ बर्ष अगाडि

प्रतिक्रिया