लकडाउनमा तरकारी लिन निस्किए युवक, विवाह गरेर दुलहीसहित फर्किए घर

३ बर्ष अगाडि

लकडाउनका बेला एक व्यक्ति तरकारी र खाद्यवस्तु लिन घरबाट बाहिर निस्किएका थिए । उनी घर फर्किंदा आफूसँगै दुलही पनि ल्याए । यो अचम्मको विवाह भारतको उत्तर प्रदेशको गाजियाबाद जिल्लाको हो ।

लकडाउनमा अचानक दुलही घरमा भित्रिँदा युवककी आमाको होश उड्यो । वास्तवमा, उनका छोराले आफ्नी प्रेमिकालाई श्रीमती बनाएर ल्याएका थिए । रिसाएका युवककी आमाले दुलहीलाई आफ्नो घरमा प्रवेश गर्न दिइनन् । त्यसपछि यो पूरा घटना पुलिस थाना पुग्यो ।

 

दुलहीको पहिरन लगाएक युवती र उनीसँग एक युवा थानामा उपस्थित थिए । त्यहाँ युवककी आमा आइन् र लकडाउन उल्लंघन गर्ने छोरालाई घरभित्र प्रवेश हुन नदिने बताइन् । भारतीय मिडिया आजतकका अनुसार थानामा युवतीकी आमाले चिच्याउँदै भनिन्, ‘छोरा खाद्य सामग्री लिन गएको थियो र केटी विवाह गरेर ल्यायो । यी दुईले विवाह गरेको कुनै प्रमाण छैन ।’

 

युवकलाई प्रहरीले सोध्दा आफूहरुले मन्दिरमा विवाह गरेको बताए ।

युवककी आमा राजी नभएपछि पुलिसले दुलहा–दुलहीलाई छुट्टै भाडामा बस्न सल्लाह दिए ।

 

#india news

 
३ बर्ष अगाडि

प्रतिक्रिया