एनआईसी एसियाको आईपीओः ४ लाख भन्दा बढी आवेदन, जनही १० कित्ता पक्का

३ बर्ष अगाडि

काठमाडौं – एनआईसी एशिया लघुवित्तको आईपीओमा ४ लाख १२ हजार ३३२ जनाले आवेदन दिएका छन् । आइतबार साँझ ५ः३० बजेसम्म उनीहरुले  रू.२ अर्ब २९ करोड ६८ लाख ८७ हजार बराबरको २ करोड २९ लाख ६८ हजार ८७० कित्ता शेयरका लागि आवेदन दिएको बिक्री प्रवन्धक सानिमा क्यापिटलले बताएको छ । 

लघुवित्तले गत असार १० गतेदेखि कुल ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो । त्यसमा ७४ हजार किक्ता कर्मचारी र २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको थियो । बाँकी रहेको ४४ लाख ४३ हजार २०० कित्ता शेयर मात्र सर्वसाधारणलाई छुट्टाइएको थियो, जसअनुसार उक्त आइपीईओमा माग भन्दा ५ दशमलव १६ गुणा आवेदन परेको देखिन्छ । 

उक्त आईपीओमा आवेदन दिने समय हिजो नै बन्द गरिएको छ । प्रारम्भिक अध्ययन अनुसार प्रत्येक आवेदकले १० कित्ता पाउने लगभग पक्का भएको छ ।
अहिले लघुवित्तको चुक्तापुँजी रू. १ अर्ब ४५ लाख छ । आईपीओ बाँडफाडपछि चुक्तापुँजी रू. १ अर्ब ४८ करोड पुग्ने बताइएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया