यस्तो छ आजको सुनको मुल्य

सोमबार, १५ असार २०७७, १० : ५८

पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको समयमा आज भने सुनको मुल्यमा यथावत रहेको छ ।

हिजो आइतबार छापावाला सुनको मूल्य ९१ हजार ३ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो भने आज सोमबार पनि सोहि मुल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार ८ सय ६० कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

भने चाँदी पनि आज  प्रतितोला ९ सय ४५ रुपैयाँमा कायम भएको छ । 
 

सोमबार, १५ असार २०७७, १० : ५८

प्रतिक्रिया