नेपाल पुनर्बीमाको पहिलो दिनको कारोबार नै नकरात्मक सर्किट

३ बर्ष अगाडि

काठमाडौं – नेपाल पुनबीृमा कम्पनीको शेयर कारोबार सुरु भएको पहिलो दिनमा नकारात्मक सर्किट ब्रेक लागेको छ । उक्त कम्पनीको शेयर मुल्य आज ९.९१ प्रतिशत घटेको छ ।  कारोबार पहिलो ४० मिनेटमा नै कम्पनीको शेयर कारोबारमा नकात्मक सर्किट लागेको हो । 
उक्त कम्पनीको पहिलो कारोबार मुल्य ४२४ रुपैयाँ तोकिएको थियो । अहिले त्यो ४२ अंकले घटेर  रू. ३८२ मा कारोबार भइरहेको छ ।
यो समाचार तयार पार्दासम्म यस कम्पनीको २५ हजार कित्ताको कारोबार भएको छ । नेप्सेका अनुसार नेपाल रि इन्स्योरेन्स कम्पनीको शेयर बिक्री गर्ने लगानीकर्ताको चाप बढेको छ । तर, खरिद कर्ता भने देखिएका छैनन् ।  

३ बर्ष अगाडि

प्रतिक्रिया