जेठमा औषत भन्दा बढी रेमिट्यान्स, १ खर्ब  विप्रेषण भित्रिएको अर्थमन्त्रीको दावी

३ बर्ष अगाडि

काठमाडौं – कोरोन भाइरसका कारण नेपालमा विप्रेषण आप्रवाह घट्ने भनिएपनि जेठ महिनामा औषत भन्दा बढी व्रिपेषण भित्रिएको छ । नेपालमा मासिक रु. ७० अर्ब देखि ८० अर्ब रुपैयाँसम्म विप्रेषण आउने गर्छ । तर, जेठ महिनामा करिब १ खर्ब विप्रेषण भित्रिएको छ ।
सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ महिनामा यतिका मात्रामा विप्रेषण आएको बताएका हुन् । आज नेपाल उद्योग परिसंघको १७ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएका हुन् । अहिले अन्तरराष्ट्रिय श्रम बजारको गतिविधि बढ्दै गएका कारण विप्रेषण आप्रवाह राम्रो भएको उनको भनाइ छ  । फलस्वरुप विदेशी मुद्राको संञ्चिती पनि इतिहासकै उच्च मात्रामा रहेको उनले बताए । 
पछिल्लो समय नेपालमा विप्रेषण घट्दै गएको छ । बैशाखसम्मको तथ्यांकअनुसार नेपालमा विप्रेषण आप्रवाह ६ प्रतिशतले घटेको छ । तर, अर्थमन्त्री खतिवडाको भनाईअनुसार जेठमा मात्र भने विप्रेषण आप्रवाह बढ्ने पाइन्छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया