६ जना मृत अवस्थामा फेला

३ बर्ष अगाडि

काठमाडौं । देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला   परेका छन् । 

कास्कीको पोखरा महानगरपालिका २८ माझठाना डाँडागाउँ बस्ने ६५ वर्षीया तिलशोभा सुनार आफ्नै घरको कोठाभित्र आइतबार दिउँसो मृत अबस्थामा फेला परेका छन् । 

ताप्लेजुङको श्रीजघां गाउँपालिका १ जौबारी बस्ने सबिना दर्जीको ७ वर्षीय छोरा रबिन दर्जी सोही गाउँपालिका जौबारीस्थित नेबु खोला नजिकै रहेको कुलोमा आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । 

रौतहटको दुर्गा भगवती गाउँपालिका १ स्थित बागमती नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार साँझ मृत अवस्थामा फेला परेकी छन् । 

रुपन्देहीको देवदह नगरपालिका २ राजावारीस्थित कच्ची बाटोको छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष आइतबार राति मृत अवस्थामा फेला परेका छन् । 

दाङको गढवा गाउँपालिका २ महदेवास्थित राप्ती नदिको किनारमा प्युठान सरुमरानी गाउँपालिका २ बस्ने ३० वर्षीय दिपक परियार र सोही ठाउँ बस्ने ३२ वर्षीय नबिन नेपाली आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । प्युठान सरुमरानी गाउँपालिका २ स्थित गहना खोला तर्ने क्रममा शुक्रबार बिहान बगाई बेपत्ता भएकोमा खोजी गर्ने क्रममा राप्ती नदीको किनारमा उनीहरुको शव फेला परेको हो । 

झापाको झापा गाउँपालिका ७ रमिते बस्ती बस्ने ३६ वर्षीय नर बहादुर पुलामी मगर सोही ठाउँस्थित रहेको कुलोमा सोमबार राति मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया