काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आजको दैनिक कारोबारको विवरण सच्चाएको छ । पहिले नेप्सले आज ३४ करोडको हारहारीमा कारोबार भएको विववरण सार्वजनिक गरेको थियो । तर, अहिले ४८ करोड बराबरको कारोबार भएको विवरण सार्वजनिक गरेको छ ।
नेप्सेको वेवसाइटमा समस्या आउँदा यस्तो भएको बताइएको छ । पछिल्लो तथ्यांक नै सही भएको नेप्सेको भनाइ छ ।
पछिल्लो तथ्यांकअनुसार आज रु. ४८ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै, १४ लाख ४४ हजार १७३ ओटा शेयरको ६ हजार ८६९ पटक कारोबार भएको छ । आज १४७ कम्पनीको शेयर कारोबार भएको छ ।
नेप्सेकाअनुसार आज परिसुचक १२.८७ अंकले घटेको छ ।
कारोबारको सुरुवाताबाटै ओरालो यात्रातय गदै अन्तिम समय सम्म १.०७ प्रतिशतले घटेको हो ।
आज १२०१.५८ को बिन्दुबाट शुरु भएको नेप्से परिसुचक ४ घण्टाको अबधीमा ११८८.७१ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
पहिलाको तथ्यांक
सच्चाइएको तथ्यांक
प्रतिक्रिया