एमसीसी कार्यान्वयन सुरु गर्ने मिति परिवर्तन गरिँदै

३ बर्ष अगाडि

काठमाडौं – मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीए–नेपाल)ले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) नेपाल कम्प्याक्ट कार्यान्वयन थालनीको मिति पुर्न विचार गर्ने भएको छ । पुर्व सम्झौताअनुसार भोलि मंगलबारदेखि अर्थात् १६ गतेदेखि एमसीसी कार्यान्वयनको सुरुवात गर्नुपर्ने हो । तर, उक्त म्याद थालनी गर्न नसकिने भएपनि पुर्नविचार गर्न लागिएको एमसीए नेपालले जानकारी दिएको छ । एमसीए नेपालले आज एक विज्ञप्ती जारी गर्दे यस्तो जानकारी दिएको हो । 
कार्यान्वयनको तयारी चरणमा उल्लेख्य प्रगति हासिल गरे पनि हाल विश्वव्यापी कोभिड–१९ महामारी तथा संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइका कारण कार्य प्रगतिमा अवरोध सिर्जना भएको हुँदा नेपाल कम्प्याक्ट कार्यान्वयन थालनी पुनःविचार आवश्यक देखिएको एमसीए नेपालको भनाइ छ । 

एमसिए–नेपाल कम्प्याक्टको कार्यान्वयन थालनी मितिमा प्रवेश गर्न र यस कार्यक्रमलाई अगाडि बढाउनका लागि छिटोभन्दा छिटो संसदीय अनुमोदनसहितका बाँकी सबै पूर्वशर्त पूरा गर्नका
लागि सम्बन्धित सबै पक्षसँग क्रियाशील रहेको बताइएको छ।

यस्तो छ विज्ञप्ती

३ बर्ष अगाडि

प्रतिक्रिया