अमेरिकामा कोरोनाबाट १ लाख ३० हजार बढीको मृत्यु

३ बर्ष अगाडि

महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण हालसम्म अमेरिकामा  १ लाख ३० हजार १२२ जनाको मृत्यु भएको छ भने २७ लाख २७ हजार ८५३ जनालाई संक्रमण भएको छ ।

त्यहाँ ११ लाख ४३ हजार ३३४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १५ हजार ९३५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको न्यूयोर्कमा ३२ हजार १२९ जनाको मृत्यु भईसकेको छ भने ४ लाख १७ हजार ८३६ जनालाई संक्रमण भएको छ ।

क्यालिफोर्नियामा ६ हजार ८१ जनाको मृत्यु भएको छ भने २ लाख ३० हजार ८९१ जनालाई संक्रमण भएको छ ।

न्यूजर्सीमा १५ हजार १७७ जनाको मृत्यु भएको छ भने १ लाख ७६ हजार ९५४ जनालाई संक्रमण भएको छ ।

अमेरिकामा मंगलवार मात्रै ४६ हजार ४२ जना संक्रमित थपिएका छन् भने ७६४ जनाको मृत्यु भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया