एनएमबी बैंकले विदेशबाट २५ मिलयन डलर ऋण लिदैं, अन्तरराष्ट्रिय वित्त निगमसँग सम्झौता

३ बर्ष अगाडि

काठमाडौं – एनएमबि बैंकले विश्व बैंक सदस्य समूह अन्तरगतको अन्तर्राष्ट्रिय वित्त निगमसँग २५ मिलियन अ‍ेमेरिकी डलरको पुनःकर्जाकालागि समझदारी गरेको छ । हालै एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओं सुनिल के.सी.र अन्तर्राष्ट्रिय वित्त निगमका एक्टिङ्ग रेजिडेन्ट रिप्रिजेन्टेटिभ सन्तोष पाण्डेले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 
यस अघि पनि एनएमबी बैंकले उक्त निमगबाट कर्जा लिएको थियो । उक्त निगमबाट लगातर दुई पटक कर्जा प्राप्त गर्ने एनएमबी बैंक दोस्रो बैंक भएको छ । 
उक्त पैसा कोभिड १९ बाट प्रभावित साना तथा मझौला उद्यमी वर्गलाई लगानी गरिरे बताइएको छ । साथै नयाँ उद्यमीलाई पनि प्रोत्साहित गरिने बैंकको भनाइ छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया