घुस लिएको अभियोगमा दैलेखका प्रमुख इञ्जिनीयर र सबइञ्जिनीयर पक्राउ

असार १७, २०७७ | आजको अर्थ
ajaako_artha

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोला तटबन्ध निर्माण सम्पन्न भएपछि बिल भुक्तानीमा सहजीकरण गरिदिने भन्दै घुस लिएको अभियोगमा दैलेखका प्रमुख इञ्जिनीयर र सबइञ्जिनीरलाई पक्राउ गरेको छ ।

आयोगका अनुसार दैलेखको भगवती माई गाउँपालिका–३ स्थित सान्तडा खोलामा तटबन्ध निर्माण सम्पन्न भएको र बिल फरफारकका लागि सहजीकरण गरिदिने भन्दै खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख इञ्जिनीयर तोपेन्द्रसुन्दर मल्ल र सबइञ्जिनीयर वीरेन्द्र चन्दले रु दुई लाख ४१ हजार १६ घुस माग्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । आयोगको सुर्खेतबाट खटिएको टोलीले प्रमुख इञ्जिनीयर मल्ललाई कार्यालय परिसरबाट र सबइञ्जिनीयर चन्दलाई कार्यस्थलबाट पक्राउ गरेको हो । 

आयोगले प्रमुख इञ्जिनीयर मल्लको आवासबाट उक्त रकम बरामद गरेको हो । उनीहरुसँग आयोगले अनुसन्धानका लागि सबइञ्जिनीयर रञ्जित श्रेष्ठ र सुपरभाइजर लक्ष्मी पाण्डेलाई समेत मङ्गलबार पक्राउ गरेको हो । अनुसन्धान कार्य जारी रहेकाले उनीहरुलाई आज सार्वजनिक गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८