एनआईसी एसिया लघुवित्तको आईपीओः आज प्रि–अलोटमेन्ट, सोमबार बाँडफाड हुने

३ बर्ष अगाडि

काठमाडौं – एनआईसी एशिया लघुवित्त वित्तिय संस्थाको हालै निष्काशन भएको आईपीओको आज (बिहीबार) प्रि–अलोटमेन्ट हुने भएको छ । विक्री प्रवन्धक सानिमा क्यापिटलले आज प्रि–आलेटमेन्ट गर्न लागेको हो । 
आईपओ बाँडफाड हुनुभन्दा ३ कार्यदिन पहिला प्रि अलोटमेन्ट गर्नुपर्छ, सानिमा क्यापिटलले सोही अनुसार आज प्रि अलोटमेन्ट गर्न लागेको हो । आज प्रि अलोटमेन्ट गरेर सोमबार आईपीओ बाँडफाड हुने बताइएको छ । 
यद्यपि, नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको अवस्थामा त्यसअघि पनि आईपीओ बाँडफाड हुन सक्छ । 

लघुवित्तले गत असार १० गतेदेखि १४ गतेसम्म बुल ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो । त्यसमा ७४ हजार कर्मचारी र २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषलाई छुट्टाइएको छ,जसअनुसार ४४ लाख ४३ हजार २०० कित्ता शेयर सर्वसाधारणले पाउछन् । 
१४ गतेसम्म उक्त आईपीओ ४ लाख १४ हजार १८० जनाको आवेदन दिएका छन् । क्यापिटलकाअनुसार उनीहरुले २ करोड ३० लाख ६५ हजार ३९० कित्ताको माग गरेका छन् । यद्यपि, सबैले १० कित्ता पाउने लगभग पक्का भएको छ । 
अहिले लघुवित्तको चुक्तापुँजी रू. १ अर्ब ४५ लाख रहेको छ । आईपीओ बाँडफाड पछि त्यो रू. १ अर्ब ४८ करोड पुग्नेछ बताइएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया