प्रधानमन्त्री आलीले नेपाल र नेपालीलाई कुहिरीमण्डलतर्फ लगे, राजीनामा दिनुपर्छ :पूर्वप्रधानमन्त्री खनाल

३ बर्ष अगाडि

पूर्व प्रधानमन्त्री तथा नेकपा बरिष्ठ नेता झलनाथ खनालले केपी ओलीले पार्टीको निर्णय लत्याएर काम गरेको र सहमतिका सम्पूर्ण प्रकृया तोडेको बताएका छन् । 

केन्द्रीय कमिटी, सचिवालय, स्थायी कमिटीले गरेका सम्पूर्ण निर्ण निर्णय लत्याएर काम गरेकोले पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताए । 

‘उहाँले कुहिरीमण्डल भविष्यतर्फ नेपाल र नेपालीलाई लैजानुभयो,’ आज बिहान रेडियो कार्यक्रम जनता जान्न चाहन्छनमा अन्तरवार्ता दिँदै उनले भने, ‘त्यसैले उहाँले राजीनामा दिनुपर्छ ।’

अहिले स्थायी समितिमा जारी रहेको र समितिमा बाद प्रतिवाद र संवादपछि बैठकको निर्णय ओलीले मान्नुपर्ने उनको भनाई छ । 
‘कम्युनिष्ट पाटी बाट प्रतिवाद र संवादबाट चल्छ । अहिले स्थायी समितिमा हामीले कुरा राख्नेक्रम जारी छ । यो बाद भयो । उहाँले केही भनाई भए प्रतिवाद गर्नुप¥यो । त्यसपछि हुने निश्कर्ष संवाद हो । बैठकले जे निर्णय गर्छ, त्यो मान्नुपर्छ’, उनले भने, ‘
उहाँका गलत कृयाकलापहरुको मूल्यांकन गरेर पार्टीले निर्णय गर्नै बाँकी छ ।’

उनले प्रधानमन्त्री ओलीले बैठक राख्न नै नमानेकोले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फकाएर बैठक राखेको भएपनि ओलीले त्यसलाई छल्न खोजेको बताए । ‘उहाँले यो बैठक समेत राख्न मान्नुभएको थिएन अर्का अध्यक्ष (प्रचण्ड)ले फकाईफुल्याई राख्नुभएको हो’, उनले भने, ‘बैठकमा बाँकी सदस्यहरुले आफ्नो धारणा राखेपछि बहुमतको आधारमा पनि निर्णय गर्नसक्छ, सर्वसम्मत निर्णय गर्नपनि सक्छ, त्यो निर्णय उहाँले मान्नुपर्छ ।’ 

पूर्व प्रधानमन्त्री खनालले अब केन्द्रीय कमिटी बैठक राख्नुपर्ने र केन्द्रीय कमिटी बैठकले ओलीलाई हटाउने निर्णय गर्ने उनको भनाई छ । ‘केन्द्रीय समिति भनेको सर्वशक्तिमान कमिटी हो, ८ लाख सदस्यहरुप्रति उत्तरदायी भएर अध्यक्षबाट पनि र प्रधानमन्त्रीबाट पनि हटाउन सक्छ’,उनले भने 

३ बर्ष अगाडि

प्रतिक्रिया