बझाङ पहिरो ः १७ घर पुरिए , सात बेपत्ता भएकामध्ये तीन जनाको शव भेटियो

३ बर्ष अगाडि

बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएका छन् । सो पहिरोमा सात बेपत्ता भएकामध्ये तीन जनाको शव भेटिएको प्रहरीले जनाएको छ । अविरल वर्षापछि शुक्रबार राति १२ बजेतिर पहिरो आएको हो ।
 
गाउँपालिका–८ का वडाध्यक्ष गणेश बोहराले जानकारी दिएअनुसार ११ वर्षीया सुन्ता जेठारा, सात वर्षीया अस्मिता जेठारा र  ११ वर्षीय प्रयागराज जेठाराको शव भेटिएको छ भने अन्यको शव पुरिएको छ । बेपत्ता भएकाहरुमा ८० वर्षीय दले जेठारा, २०  वर्षीय जिरजा जेठारा, ४४ वर्षीया रामदेवी जेठारा र  सात वर्षीया शान्ता जेठारा रहेको पनि उनले घटनास्थलबाट जानकारी दिए ।

पुरिएकी रामदेवी जेठाराका मृत भेटिएका छोरा प्रयागराजसहित छोरी अस्मिता हुन् भने शान्ता बेपत्ता छिन् । पुरिएका घरको पशु चौपायसहित अन्य खाद्यान्न, धन सम्पत्ति पनि क्षति भएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताएका छन् ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया