अजय देवगनको ‘मैदान’ रिलिज घोषणा

३ बर्ष अगाडि

कोरोना भाइरसका कारण बलिउड इन्डस्ट्रीमा ठूलो असर परेको छ । यसको प्रभाव लामो समयसम्म देखिने अनुमान गरिएको छ । अर्बौंको नोकसान झेलिसकेको बलिउड इन्डस्ट्री अब तंग्रिन प्रयास गरिरहेको छ । यसबीच, अभिनेता अजय देवगन अभिनीत फिल्म ‘मैदान’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । फिल्मलाई अर्को वर्षको १३ अगस्टमा प्रदर्शन गरिने भएको छ । 
 
फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गर्दै अजय देवगनले इन्स्टाग्राममा लेखेका छन्, ‘२०२१ स्वतन्त्रता दिवसको हप्ता । अहिलेसम्म नसुनेको कहानी, जुन सबै भारतीयलाई गर्व महशुस हुनेछ । १३ अगस्ट मार्क गर्नुहोस् ।’ अमित शर्मा निर्देशित ‘मैदान’ लाई अजयको महत्वकांक्षी प्रोजेक्ट मानिएको छ । फिल्ममा उनी भारतीय फुटबल कोच सैय्यद अब्दुल रहीमको भूमिकामा छन् ।
 
यो फिल्म यस वर्षको नोभेम्बरमा रिलिज हुने तयारीमा थियो । तर, कोरोना भाइरसका कारण फिल्मको रिलिज पोस्टपोन्ड भयो । फिल्मको पृष्ठभूमि फुटबलसँग जोडिएको छ । सैय्यद अब्दुल रहीमको जीवनमा आधारित भएर फिल्म निर्माण भएको हो । उनी सन् १९५० देखि १९६३ सम्म इन्डियन नेशनल फुटबल टिमका कोच थिए । उनको सन् १९६३ मा निधन भएको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया