ऐश्वर्याले रिजेक्ट गरेकी थिइन् विल स्मिथका तीन फिल्म

३ बर्ष अगाडि

बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र हलिउड अभिनेता विल स्मिथ एकअर्काका प्रशंसक हुन् । उनीहरु एकसाथ फिल्ममा काम गर्न पनि चाहन्थे । तर, यो कहिल्यै हुन सकेन । विल स्मिथले ऐश्वर्यालाई ‘हिच’, ‘सेवन पाउन्ड्स’ र ‘टूनाइनट ही कम्स’ गरि तीन फिल्मको अफर गरेका थिए तर उनले यी कुनै फिल्ममा काम गर्न सकिनन् । किनकि, उनीसँग त्यसबेला समय नै थिएन । 
 
ऐश्वर्याले फिल्म ‘सेवन पाउन्ड्स’ छाड्नुको अरु नै कारण मिडियामा आएको थियो । कर्वा चतुर्थी मनाउनका लागि उनले फिल्म छाडेको चर्चा चलेको थियो । यस विषयमा उनले भनेकी छन्, ‘अमेरिकन मिडियाले धार्मिक कारणले मैले फिल्म छाडेको भनेर लेखेको थियो । तर, यो गलत हो । फिल्मको स्क्रिप्ट दिपावलीपछि मलाई दिइँदै थियो, त्यसबेला हजरआमा विरामी हुनुभयो ।’ 
 
उनले अगाडि भनेकी छन्, ‘मैले लस एन्जिल्स गएर विल स्मिथसँग स्क्रिप्ट पढ्नुपर्ने थियो । तर, म जान सकिनँ । के यो गलत हो रु मेरो लागि त गलत होइन । म परिवारका लागि करिअर छाड्न समेत तयार छु ।’ ऐश्वर्याले ‘टूनाइट ही कम्स्स’ छाड्नु पर्दा भने आफू दुखी भएको बताएकी छन् । विल स्मिथसँग काम गर्ने इच्छा भए पनि विभिन्न कारणले सम्भव नभएको उनको भनाई छ । 
 
‘म वास्तवमै स्मिथसँग काम गर्न चाहन्छु । हाम्रो भेट हुँदा पनि सँगै काम गर्ने इच्छा व्यक्त गरेका थियौं । कलाकारका लागि धेरै रोचक हुन्छ र सबै यस्ता फिल्महरूको एक हिस्सा बन्न चाहन्छन्, जुन विश्वभर चल्दछ,’ ऐश्वर्या अगाडि भन्छिन्, ‘दुर्भाग्य भनौं, विल त्यसबेला फिल्म बनाउन चाहन्थे, जब म ‘जोधा अकबर’ को छायांकन गरिरहेको थिएँ । मलाई विलसँग काम गर्ने इच्छा छ ।’ 

३ बर्ष अगाडि

प्रतिक्रिया