बन्दाबन्दीमा विभिन्न मुद्दाका २९ जना जेल चलान

३ बर्ष अगाडि

बन्दाबन्दीको अवधिमा जिल्ला अदालत दाङमा दर्ता भएका विभिन्न प्रकृतिका ६३ मुद्दामा २९ जना पुर्पक्षका लागि जेल चलान भएका छन् । 

यस अवधिमा सबैभन्दा धेरै ज्यानसम्बन्धी कसुरका अदालतमा १७ वटा मुद्दा परेका छन् । त्यस्तै करणीसम्बन्धी १४, सवारी ज्यानका १०, वनसम्बन्धी नौ, बालविवाह कसुर तीन, लागुऔषध, गौवध र ठगीसम्बन्धी दुई÷दुई तथा नागरिकतासम्बन्धी, अपमानजनक व्यवहार, गर्भपतनसम्बन्धी र हातहतियार खरखजना मुद्दा एक÷एक गरी ६३ मुद्दा दर्ता भएका अदालतका न्यायाधीश रितेन्द्र थापाले जानकारी दिए  । ती मुद्दामध्ये ४९ जना धरौटी राखेर तारिखमा छुटेका छन् भने १२ जना साधारण तारिखमा छुटेका न्यायाधीश थापाले जानकारी दिए ।। 

उनका अनुसार अभियुक्तमध्ये २१ जना फरार रहेका छन् भने चार जनालाई अभिभावकको जिम्मा लगाइएको छ । ६३ मुद्दामध्ये ६१ वटा मुद्दा फैसला भएका छन् । जसमध्ये २९ वटा मुद्दामा भिडियो कन्फ्रेन्सिङ प्रयोग गरिएको थियो । त्यसैगरी अदालतले बन्दाबन्दीका समयमा ८३ मुद्दामा म्याद थप, ५१ मुद्दामा पक्राउ अनुमति र १११ मुद्दामा जरुरी पक्राउ पुर्जीका अनुमति दिएको बताए । 

यसैबीच जिल्ला अदालतले चालू आर्थिक वर्षको हालसम्म एक हजार बढी मुद्दा फछ्र्यौट गरेको छ । चालू आवको हालसम्म एक हजार १७१ मुद्दा फछ्र्यौट गरेको जिल्ला न्यायाधीश थापाले बताए । फछ्र्यौट भएकामध्ये ५८८ मुद्दा जिम्मेवारी सरी आएका र ५८३ मुद्दा यसै वर्ष दर्ता भएका हुन् । 

उहाँका अनुसार अदालतमा गत वर्ष जिम्मेवारी सरेर आएका एक हजार दुई र नयाँ दर्ता भएका एक हजार ५३६ गरी दुई हजार ६०१ मुद्दा रहेका छन् । दुई हजार १३ फछ्र्यौट गर्ने लक्ष्य रहे पनि बन्दाबन्दीका कारण लक्ष्यभन्दा आधा एक हजार १७१ मुद्दा फछ्र्यौट गरेको छ । अहिले अदालतमा दर्ता भएका एक हजार ४४७ मुद्दा बाँकी रहेका छन् । 

त्यसैगरी अदालतमा बाल इजलासका ३७ मुद्दा फछ्र्यौट भएका छन् । जिम्मेवारी सरेर आएका ३३ र नयाँ दर्ता भएका ३९ गरी जम्मा ७२ मुद्दामध्ये ३७ वटा फछ्र्यौट भएका छन् । बाल इजलासका ३५ मुद्दा बाँकी रहेका छन् । जसमध्ये जिम्मेवारी सरी आएका २५ र नयाँ दर्ता भएका १२ मुद्दा यो वर्ष फैसला भएका थापाले बताए । 

अदालतले १०८ वटा थनुवा मुद्दा फछ्र्यौट गरेको छ । जिम्मेवारी सरेर आएका १०८ र नयाँ ११२ गरी अदालतमा दर्ता भएका २२० मुद्दामध्ये अदालतले यो वर्ष १०८ वटा मुद्दा फछ्र्यौट गरेको हो । ११८ मुद्दा बाँकी रहेका छन् । ९७ जना थुनुवामध्ये आठ जना महिला र दुई जना बालबालिका रहेका छन् । 

यस वर्ष ५३ मुद्दामा मेलमिलाप भएको छ । अदालतले मेलमिलापमा पठाएका ३७६ मुद्दामध्ये ५३ मुद्दामा मिलाप भएको न्यायाधीश थापाले जानकारी दिए । जसमध्ये २६३ मुद्दामा मेलमिलाप हुन बाँकी रहेका समेत उनले बताए । मेलमिलापमा पठाएकामध्ये १९ मुद्दा गत वर्षबाट जिम्मेवारी सरेर आएका थिए । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया