आफ्नै कमाईले काठमाडौंमा घर ठड्याउँदै पूजा

३ बर्ष अगाडि

‘प्रेमगीत’ पछि सुदर्शन क्याम्पभन्दा बाहिरका फिल्म नगरेकी पूजाले डेढ वर्षयता महँगो पारिश्रमिक बुझेर लगातार बाहिरी ब्यानरका फिल्ममा काम गरिरहेकी छन् । ‘पोइ पर्‍यो काले’ मा उनले २० लाख पारिश्रमिक बुझेको बताइन्छ । त्यस्तै, ‘सम्हालिन्छ कहिले मन’ मा १५ लाख, ‘सम्झना विर्सना’ मा २० लाख र ‘मन परेसी’ मा उनले २५ लाख पारिश्रमिक लिएको चर्चा छ । 
 
‘रामकहानी’ अघिसम्म वर्षमा एउटाभन्दा बढी फिल्म नगर्ने पूजा अहिले हातमा आएका प्रोजेक्ट कुनै फुत्काइरहेकी छैनन् । आखिर किन रु धेरै यसको कारण जान्न इच्छुक छन् । बुझिए अनुसार, अहिले उनी ललितपुरको एकान्तकुनामा दोस्रो घर बनाइरहेकी छन् । लकडाउनको समयमा पनि उनको घर निर्माणको काम रोकिएको छैन । उनले तीन तल्लाको घर बनाउन लागेकी हुन् । 
 
मंगलवार पूजाले इन्स्टाग्राम स्टोरीमा घर निर्माणको एक भिडियो शेयर गरेकी छन् । दशैंभित्र उनी नयाँ घरमा सर्ने योजनामा रहेको जानकारी प्राप्त छ । उनले घर बनाउनकै लागि बाहिरी ब्यानरका फिल्ममा महँगो पारिश्रमिक लिएर काम गरिरहेको चर्चा छ । यद्यपि, यस विषयमा पूजाले मुख खोलेकी छैनन् । उनले कथावस्तु राम्रो लागेर फिल्ममा काम गर्ने गरेको बताउने गरेकी छन् । 
 
एकाध कलाकारलाई छाड्ने हो भने अरुलाई अभिनय गरेबापत प्राप्त हुने पारिश्रमिकले कोठा भाडा तिर्न पनि मुश्किल छ । यही कारणले कति फिल्म क्षेत्रमा करिअर सुरक्षित नदेखेर पलायन भइसकेका छन् । यहाँ अभिनयको कमाईले काठमाडौंमा घर(जग्गा जोड्ने कलाकार थोरै मात्र छन् । पूजाले अभिनय गरेको कमाईबाटै काठमाडौंमा दोस्रो घर ठड्याउँदैछिन्, खुसीको कुरा हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया