एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम

३ बर्ष अगाडि

काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा आवदेन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत असार ९ गते देखि ६० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो । त्यसमा आजसम्म आवेदन दिन सकिने छ । 
कम्पनीले गत फागन २२ गतेदेखि चैत १२ गतेसम्म उक्त हक प्रद निष्काशन गर्ने भनेको थियो । तर, कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको लकडाउनका कारण त्यो स्थिगित गरिएको थियो । लकडाउन खुुकलो भएसँगै गत असार ९ गतेदेखि नै हकप्रद बिक्रीमा ल्याइउको थियो । 
कम्पनीले कुल ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो । यो हकप्रद बाँडफाँछट भएपति कम्पनीको चुक्तापुँजी १ अर्ब पुग्ने छ । हाल कम्पनीको चुक्रापुँजी ६४ कराड ६ हजार रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया