साउन सात गतेसम्म बिजुलीको रकम भुक्तानी गरेमा जरिवाना नलिने

३ बर्ष अगाडि

नेपाल विद्युत प्राधिकरणले साउन सात गतेसम्म बिजुलीको रकम भुक्तानी गरे जरिवाना नलिने बताएको छ ।  

लकडाउन अवधि चैत, बैशाख, जेठ र असारको विजुलीको भुक्रानी गरे जरिवाना नलाग्ने व्यवस्था गरेको प्राधिकरणले जनाएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार प्राधिकरणले लकडाउन अवधिमा महसुल नतिर्ने ग्राहकलाई जरिवाना नलाग्ने निर्णय गरेको हो । सरकारले अहिले आंशिक लकडाउन गरेको छ ।

यस्तै प्रकृत्तिकोे लकडाउनलाई ७ साउनसम्म निरन्तरता दिइएको छ । सबै खालका ग्राहकले साउन सात भित्र महसुल तिरमा जरिवाना लाग्ने छैन ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया