नेप्से परिसुचक तेस्रो घण्टासम्म आइपुग्दा ०.१० प्रतिशतले बढ्यो

३ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको तेस्रो घण्टामा ०.१०  प्रतिशतले  उकालो लागेको छ ।

आज १३२६.३७ को बिन्दुबाट सुरु भएको कारोबार २ बजेसम्म आइपुग्दा १.३२ अंकले बढेर  १३२७.८६ को बिन्दुमा पुगेको छ । 

तेस्रो घण्टासम्म आइपुग्दा नेपसे परिसुचक बढेपनि सेन्सेटिभ भने ओरालो यात्रामा नै छ  । सेन्सेटिभ ०.४९ अंकले घटेर २७९.४६ को बिन्दुमा पुगेको छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्ये २ वटा उपसमुह घटेका छन्  छन् ।

अहिले कारोबार भईरहेका १७६ कम्पनीको १५ लाख ३४  हजारभन्दा बढी कित्ता शेयर १० हजार ६७ पटक  खरिद विक्री हुदाँ ६० करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया