चार घण्टाको अवधिमा ३ अंकले बढ्यो नेप्से

३ बर्ष अगाडि

काठमाडौ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)  परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ  ३.०६ अंकले उकालो  लागेको छ ।

कारोबार अन्तिम समय ३ बजेसम्म आइपुग्दा ०.२३ प्रतिशतले बढेर  १३२६.३७  को बिन्दुबाट सुरु भएको कारोबार १३२९.५९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्ये ३ उपसमुह घटेका छन् ।

अन्तिम समयसम्म  कारोबार आएका १७८ कम्पनीको २१ लाख ९३ हजार  कित्ता शेयर १४ हजार ४ सय ९५ पटक खरिद विक्री हुदाँ  ८९ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया