काठमाडौँ उपत्यकामा थपिए ४२ नयाँ  कोरोना संक्रमित

३ बर्ष अगाडि

काठमाडौँ उपत्यकामा शुक्रबार ४२ जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँका २८, ललितपुरका १३ र भक्तपुरका एक जनामा कोरोना पुष्टि भएको बताए।

उनका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १ जना, पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १५, भक्तपुरका १ र ललितपुरका १३ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका १२ जनामा संक्रमण पुष्टि भएको छ। देशभरिमा ११८ जना संक्रमित भएमध्ये काठमाडौँमा ४२ जना थप संक्रमित भेटिएका हुन्।

३ बर्ष अगाडि

प्रतिक्रिया