आईएमई लाइफको रु. ६० करोडको आईपीओ आउँदै, बोर्डमा दियो निवेदन

३ बर्ष अगाडि

काठमाडौं – आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँको आईपीओ ल्याउने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ६० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । 
यसका लागि कम्पनीले सोमबार मात्र नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । उक्त आवेदन स्वीकृत भएपछि कम्पनीले आईपीओ निष्काशन गर्ने छ । 
आईपीओ निष्काशन गर्न कम्पनीले बिक्री प्रवन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । 

केयर रेटिङ नेपालले कम्पनीको आईपीओलाई ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।  
हा कम्पनीको चुक्तापुँजी १ अर्ब ४० करोड रुपैयाँ छ । आईपीओ बिक्री पछि कम्पनीको चुक्तापुँजी २ अर्ब रुपैयाँ पुग्छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया