रुरु जलविद्युत् परियोजनाले आईपीओ ल्याउँदै, एक कित्ताको मुल्य १२०

३ बर्ष अगाडि

काठमाडौं – रुरु जलविद्युत् परियोजना लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले रू. ८ करोड ९६ लाख ९५ हजार २२० बराबरको ८ लाख १५ हजार ४११ कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । 
यसका लागि कम्पनीले गत बिहीबार नेपाल धितोपत्र बोर्डमा अनुमति पनि दिइसकेको छ । 
अनुमति पाएपछि आईपीओ निष्काशन गर्ने बताइएको छ । 
कम्पनीले कुल आईपीओ मध्ये १० प्रतिशत शेयर आयोजना प्रभािवत क्षेत्रका लागि छुट्टाएको छ । त्यो  प्रतिशेयर रू. १०० मा नै पाइने छ । यस्तै, सर्वसाधारणका लागि छुट्याइएको कुल शेयर मध्ये १० प्रतिशत शेयर भने प्रतिशेयर रू. १२० मा विक्री गर्न अनुमति मागिएको छ ।
कमपनीले आईपीओ बिक्री प्रवन्धकमा यस अघि नै एनएमबि क्यापिटललाई नियुक्ती गरिसकेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया