बत्तीको बिल आधा कम गर्न अपनाउनुस् यी उपाय !

३ बर्ष अगाडि

गर्मीको बेलामा बिजुलीको बिल अत्याधिक उठ्ने गर्दछ । बिजुलीको प्रयोग धेरै ठाउँमा भएपछि बिल पनि धेरै नै उठ्छ ।

गर्मीबाट बच्नको लागि फ्रिज, कुलरहरुको सहायता लिने गरिन्छ । यसले शितलता त प्रदान गर्छ नै तर पकेट पनि रित्याउँछ ।

यसैबीच आज हामी तपाईलाई बिजुलीको बिल कम उठ्ने यी विभिन्न तरिकाको बारेमा जानकारी दिनेछौँ । जसले तपाईको घरमा बिजुलीको बिल ५० प्रतिशतले घट्नेछ ।

यी कुराहरुको राखौँ ध्यान

हामीले सधैँ लाइटिङको बारेमा ध्यान राख्नुपर्छ । बल्वको ठाउँमा एलईडीको प्रयोग गर्नुहोस् । आवश्यक भन्दा अन्य समयमा लाइट नबाल्नुहोस् ।

ट्यूबलाईटहरु केहि समयपछि तुरुन्त सफा गर्नुहोस् । फोहोर ट्यूब लाइटका कारण बल्वमा प्रकाश पनि कम हुन्छ र बिजुलीको बिल पनि धेरै उठ्छ ।

सौर्य उर्जामा ध्यान दिऔँ

बिजुलीको अर्को विकल्प भनेको सौर्य उर्जा हो । सौर्य उर्जाबाट सञ्चालन हुने सोलारहरुको प्रयोग गरे पनि हामीले बिजुलीको बिल क मगर्न सक्छौँ । विशेषज्ञका अनुसार १केडब्लुपी सोलर रुफटफ प्लान्ट हरेक दिन ४।६केडब्ल्युएच भन्दा धेरै बिजुली निस्किन्छ ।

रेफ्रिजेटरलाई सहि ठाउँमा प्रयोग गरौँ

इलेक्ट्रिोनिक चिजहरुलाई सहि ठाउँमा राख्न पनि अति आवश्यक छ । रेफ्रिजेटर सिदा प्रकाश नपर्ने ठाउँमा राख्नुपर्दछ ।

त्यो बाहेक गर्मी हुने ठाउँबाट पनि टाढै राख्नुहोस् । रेफ्रिजेटरलाई चारैतिर निरन्तर एयरफ्लोको लागि पर्याप्त ठाउँमा राखौँ । रेफ्रिजेटरमा राख्नु अगाडि तातो खानेकुरालाई सेलाउन दिऔँ । सधैँ सफा गरौँ ।

एसीलाई ठीक तापक्रममा मात्र चलाऔँ

यो कुराको पनि ध्यान राख्न आवश्यक छ कि, एसी लगभग २५ डिग्रीको आसपासमा मात्र चलाऔँ । जसबाट बिजुलीको बचत हुन्छ । त्यो बाहेक तपाईले फेनको प्रयोग गर्न सक्नुहुन्छ ।

यी कुराहरुको राख्नुहोस् ध्यान

जस्तै कम्प्युटर र टिभीले पनि बिजुलीको बिल बढाउँछ । त्यसैले त्यसको प्रयोग काम सकिने बित्तिकै बन्द गरौँ ।

एजेन्सीको सहयोगमा
 

३ बर्ष अगाडि

प्रतिक्रिया