घरमा आगजनी गरी परिवारको हत्या गरेको अभियोगमा मृत्युदण्ड

५ बर्ष अगाडि

पूर्वी चीनमा– सन् २०१७ मा घरमा आगजनी गरी परिवारका चार सदस्यको हत्या गरेको अभियोगमा मृत्युदण्डको सजाय पाएकी मो हुआनजिङ नामकी पारिवारिक सुसारेलाई झेजियाङ प्रान्तमा शुक्रबार मृत्युदण्ड दिइएको छ ।

सुसारेलाई दिइएको मृत्युदण्डका बारेमा चीनको सर्वोच्च पिपुल्स अदालतले पुनरावलोकन समेत गरेको स्थानीय अदालतले जनाएको छ । 

मृत्युदण्ड दिनुअघि मो का परिवारका सदस्यहरुलाई भेटघाटको अवसर दिइएको थियो । अदालतको आदेशमा भनिएको छ, “सुसारेको नियत विभत्स, अति विद्वेशपूर्ण र खतरनाक देखियो । अपराधको दुस्परिणाम गम्भीर मात्र होइन सार्वजनिक सुरक्षाका लागि समेत नोक्सानदेही पाइयो ।” 

पक्राउ परेलगत्तै मो ले आगजनी गरेको स्वीकार गरेपनि अपराधको प्रकृति र क्रुरताले उनलाई उन्मूक्ति दिने सम्भावना कमै थियो, अदालतको भनाइ छ । “प्रमाणहरु यथार्थपरक र पर्याप्त थिए र सजाय उपयुक्त रहेको अदालतको ठम्याइ छ ।” 
 

५ बर्ष अगाडि

प्रतिक्रिया