गेमिङ र फाेटाेका लागि रियलमीले ल्यायो उत्कृष्ट २ स्मार्टफोन

साउन ६, २०७७ | आजको अर्थ
ajaako_artha

स्मार्टफोन ब्राण्ड रियलमीले २ नयाँ मोडलका स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले अधिक पर्फमेन्श, उत्कृष्ट क्यामेरा र नयाँ डिजाइन सहित ‘रियलमी  ६’ र ‘रियलमी ६ आई’ नेपाली बजारमा ल्याएको हो । 
आज सार्वजनिक गरिएका मोडलमध्ये रियलमी ५ प्रो को सक्सेसरको रुपमा रियलमी ६ रहेका छ । जसमा क्यामेरा, डिस्प्ले र पर्फमेन्शमा धेरै अप्ग्रेडहरु ल्याएको छ । त्यस्तै  रियलमी ५ आई मा निर्मित रियलमी ६ आई मा अधिक पर्फमेन्श, उत्कृष्ट क्यामेरा र नयाँ डिजाइन रहेको छ ।

रियलमी ६ का विशेषता ः

गेम खेल्नका लागि शक्तिशाली प्रोसेसर ः मिडियाटेक हेलियो जी ९० टी द्वारा संचालित रियलमी ६ विशेष गरी अविश्वसनीय गेम खेल्नका लागि डिजाइन गरिएको हो । यो प्रोेसेसर १२ एनएम प्रोसेसमा निर्मित भएको छ जसले एकै समयमा शक्तिशाली र सक्षम बनाउँदछ । पछिल्लो र उत्कृष्ट जीपीयूसंग, सुपर फास्ट ¥याम र शक्तिशाली एआईका साथ रियलमी ६ ले मोबाइल गेम प्रेमिहरुका लागि सहज र आनन्ददायी गेमिङ अनुभव ल्याउँदछ ।

ठुलो ब्याट्री र फास्ट चार्जिंग ः नयाँ अप्ग्रेड गरिएको ३० वाट्ट फ्ल्यास चार्जिंग र ४३०० एमएएच ब्याट्रीका साथ रियलमी ६ लाई एक घण्टा भित्र पूर्ण रुपमा चार्ज गर्न सकिन्छ । धेरै गेम खेल्दा पनि ३० वाट्ट फ्ल्यास चार्जिंगले मात्र ६० मिनेटमा ५५५ सम्म चार्ज हुन्छ ।

उत्कृष्ट दृश्य ः रियलमी ६ मा ६।५ इन्च ९० हट्र्ज अल्ट्रा स्मुद डिस्प्ले का साथ १२० हट्र्ज टच स्याम्पिलिंग समावेश छ जसले स्क्रिनको प्रत्येक स्वाइपमा निर्बाध र स्मुद दृश्य अनुभव प्रदान गर्दछ । उत्कृष्ट स्क्रिन—टु—बडी अनुपातका साथ रियलमी ६ ले सर्वोच्च दृश्य अनुभव प्रदान गर्दै सेल्फी क्यामेराका लागि पन्च होल कटको सहायता गर्दछ । राम्रो सुरक्षाका लागि डिस्प्लेलाई कोर्निंग गोरिला ग्लास ३ ले सुरक्षित गरिएको छ ।

यति मात्र नभएर, रियलमी ६ पन्च होल लाइटका साथ आउँदछ जसले गर्दा फेसियल अनलक प्रयोग गर्दा वा क्यामेरा प्रयोगमा हुँदा क्यामेराको छेउ बल्छ । अन्य विशेषताहरुमा आखाँलाई थकित हुनबाट जोगाउन स्क्रिन कलर टेम्प्रेचर एडजस्टमेन्ट फंशन रहेको छ, त्यस्तै कस्टम कलर मोड जसले दुई कलर डिस्प्ले मोड र ओएसआईईलाई समर्थन गर्दै भिडियो स्पष्टता, रंगको तीव्रतालाई सुधार गर्दै समग्र दृष्टिलाई अझ उत्कृष्ट बनाउने विशेषताहरु समावेश रहेका छन् ।

उत्कृष्ट क्यामेरा ः १६ एमपी अल्ट्रा क्लियर फन्ट क्यामेराले एफ२।० अपर्चर, स्मार्ट ब्युटी मोड, बोकह इफेक्ट लगायतको साथ प्रमाणित सेल्फी आवश्यकतालाई पूरा गर्दछ । यो विभिन्न लिंग, विभिन्न छालाका प्रकार विभिन्न अनुहारको आकार र विशेषताका साथ प्रयोगकर्तालाई नेचुरल र भद्र सेल्फी सहजै लिनका लागि विकसीत ब्युटी अल्गोरिदमका साथ आउँछ ।

रियलमी ६ मा नवीनतम फ्ल्यागसीप, अल्ट्रा—क्लियर क्वाड क्यामेरा सेटअप रहेको छ जसमा ६४ एमपी मुख्य क्यामेरा, ८एमपी ११९ डिग्री अल्ट्रा—वाइड एंगल, म्याक्रो लेन्स र ब्ल्याक एण्ड ह्वाइट प्रोट्रेट लेन्स रहेको छ । वाइड एगंल मोडमा स्वीच गर्न एक क्लिक मात्र लाग्छ जसले प्रयोगकर्तालाई ल्यान्डस्केप, आर्किटेक्चर र ठुलो समुहको उत्कृष्ट तस्वीर लीन सक्षम गर्दछ । यसको म्याक्रो लेन्सले प्रयोगकर्तालाई नजीकै सटहरु लिन र ४सीएम दुरीका साथ माइक्रो विश्वको सुन्दरतालाई आविस्कार गर्न सक्षम गर्दछ ।

कमेटद्वारा प्ररित रियल डिजाइन ः अँधेरी रातको आकारलाई विभाजन गर्ने कमेटद्वारा प्रेरित भएर, रियलमी ६ को कमेट डिजाइन चम्किलो र तीव्र छ । नयाँ अप्टिकल प्लेटिंग टेक्नोलोजीका साथ कलरको ब्राइटनेश र स्याचुरेशन क्रमश ६०५ र ५०५ वृद्धि हुन्छ र भिजुअल इफेक्ट चम्किलो र आँखालाई आकर्षक पार्ने छ । रियलमी ६ दुई कलर अप्शन— कमेट ह्वाइट र कमेट ब्लुमा उपलब्ध हुनेछ ।

रियलमी ६ आईका विशेषता ः 

उत्कृष्ट प्रदर्शन ः रियलमी ६आई मिडियाटेक हेलियो जी८० चिपसेटले सुसज्जित छ जसले आश्चर्यजनक शक्ति प्रदान गर्दछ । अक्टा कोर सीपीयूमा २।०जीएचजेड सम्मको मुख्य प्रिक्वेन्सी छ जसले विगतका जेनेरेशनको भन्दा ३५५ उत्कृष्ट सिंगल कोर प्रदर्शन र १७५ उत्कृष्ट मल्टी कोर प्रदर्शन प्रदान गर्दछ । यसको नतिजा उत्कृष्ट तस्वीर गुणस्तर र स्थिर फ्रेम रेट हो जसले रियलमी ६आई लाई गेमिङको बेला उत्कृष्ट बनाउँछ ।

भर्सटाइल क्यामेरा अनुभव ः रियलमी ६आई ४८ एमपी क्वाड क्यामेरामा अप्ग्रेड भएको छ जसमा—४८ एमपी मुख्य क्यामेरा, ११९डिग्री अल्ट्रा—वाइड—एंगल लेन्स (८एमपी), पोट्रेट लेन्स (२एमपी) र ४सीएम अल्ट्रा म्याक्रो लेन्स (२एमपी) छ । प्रत्येक क्यामेराले सम्बन्धित कार्य गर्दै एकअर्कासंग सहकार्य गर्दछ र परिणामस्वरुप उत्कृष्ट फोटा अनुभव तथा रमाइलो प्रदान गर्दछ । विशेषरुपमा स्पष्ट ४८एमपी मुख्य क्यामेराले स्पष्ट तथा सुन्दर तस्वीरहरु खिच्न मद्दत गर्दछ ।

ब्याट्री र फास्ट चार्जिंग ः रियलमी ६आई मा रियलमीकै सबैभन्दा ठुलो ५००० एमएएच विशाल ब्याट्री छ र लामो ब्याट्री लाइफका साथ आउँदछ । ट्रिपल सेफ्टी सुरक्षा प्रस्तुत गर्दै यसको विशाल ब्याट्रीले प्रयोगकर्ताको चिन्ता कम गर्दछ । यसको सेफ्टी टेस्टले ब्याट्र र चार्जरको भित्री भागको प्रत्येक टुक्रालाई ढाक्छ । रियलमी ६आईले चार्जिंग समय कम गर्न १८ वाट्टको क्विक चार्ज समर्थन गर्दछ ।
क्लासिक डिजाइन ः रियलमी ६र्आईले नाओटो फुकासावाबाट क्लासिक डिजाइन अपनाउँछ र मास्टरपीस डिजाइन शैली कायम गर्दछ । यसले रेयर स्प्रो कोटिंग प्रोसेस अपनाएको छ र फोन सयौं पटक पोलिस गरिएको छ । परिणाम स्वरुप फोनको पछाडि विकसीत म्याट भिजुअल इफेक्टका साथ डेलिकेट र आरमदायी फिनिस देखिन्छ । रियलमी ६आई दुई योङ्ग कलर — ग्रीन टी र ह्वाइट मिल्कमा उपलब्ध छ ।
डिस्प्ले ः रियलमी ६आई मा ६।५ इन्च एचडी प्लस मिनी ड्रप फुलस्क्रिन छ जुन सामान्य डिउड्रप भन्दा ३०।९५ ले सानो छ जसले स्क्रिन—टु—बडी रेसियो ८९।८५ ले उच्च बनाउँछ । ठुलो स्क्रिनले प्रयोगकर्तालाई भिडियो हेर्दा वा गेम खेल्दा उत्तम अनुभव प्रदान गर्दछ । यसका साथै, २०ः९ स्क्रिन रेसियोले फोनलाई स्लिम र धेरै जानकारी लोड गर्ने बनाउँछ ।

रियलमी ६ र रियलमी ६आईमा भएको क्लासिक ३ कार्ड स्लट डिजाइनले दुई वटा सिम कार्ड र एउटा माइक्रो एसडी कार्ड सपोर्ट गर्दै प्रयोगकर्तालाई स्टोरेज बढाउदै डुअल कार्ड कनेक्टीभिटीको मज्जा लिने अनुमति दिन्छ ।

रियलमी ६ र रियलमी ६आई रियलमी यूआईको साथ सार्वजनिक भएको छ जुन एन्ड्रोइड १० मा आधारित छ । रियलमी यूआई उत्कृष्ट र स्टकको नजीक एन्ड्रोइड अनुभवका लागि निर्मित भउको छ । रियलमी यूआई यूनिक नयाँ विशेषताहरुका साथ अप्डेट भएको छ जसमा प्रोफेशनल स्तरको सट भिडियो इडिट गर्ने स्मार्ट टुल क्ययियउ समावेश छ ।

रियलमी ६, ८जीबी ¥याम र १२८जीबी स्टोरेजका साथ रु ३२९९० मुल्यमा उपलब्ध हुन्छ भने रियलमी ६आई ४जीबी ¥याम र १२८जीबी स्टोरेजका साथ रु २५९९० मा उपलब्ध हुनेछ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८