अहिलेको कठिनाइप्रति सहयोग गरिदिन निगमको अनुरोध

३ बर्ष अगाडि

नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले आवश्यकता र औचित्यताका आधारमा तत्कालीन करार सेवामा कार्य गरेका कर्मचारीमध्येबाट व्यवस्थापन गर्ने नीति लिएको भन्दै अहिलेको कठिनाइप्रति धैर्यतापूर्वक सहयोग गरिदिन अनुरोध गरेको छ । निगम सञ्चालक समितिको बुधबारको बैठकले सरोकारवाला सबै पक्षलाई अर्को व्यवस्था नहुञ्जेलसम्म निगमलाई परेको समस्या बुझिदिन आग्रह गरेको हो ।
    
निगमले कोभिड–१९ को  प्रभावले निगमको आन्तरिक तथा अन्तरराष्ट्रिय उडानमा प्रत्यस असर परी आर्थिक दायित्व बढेको तथा ऋण सहायताबाट खरिद गरेका जहाजको साँवा तथा ब्याज भुक्तानी गर्नसमेत नसक्ने अवस्था आएकाले तत्कालीन करारमा कार्यरत जनशक्तिलाई निरन्तरता दिन नसकिएको स्पष्ट पारेको छ । करार सेवाका कर्मचारीको सम्झौता नवीकरण नभएपछि विरोधमा उत्रिएपछि निगम बाध्यात्मक परिस्थितिलाई बुझिदिन आग्रह गरिएको निगमले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
    
निगमले करार सेवाका १४५ कर्मचारीको साउनबाट सम्झौता नवीकरण नगर्ने निर्णय गरेको थियो। निगमको सञ्चालक समितिको गत असार ३ गतेको बैठकले एमए ६० र वाई १२ ई विमान सञ्चालनमा नल्याउने निर्णय गरेको थियो । चीनबाट ल्याइएका ती छवटै विमानको व्यावसायिक उडान बन्द गरेर नयाँ विमान खरिद गर्ने प्रक्रियामा निगम अघि बढेको छ । निगमको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको प्रतिवेदन निकट भविष्यमा प्राप्त हुने क्रममा रहेकाले उक्त प्रतिवेदनपश्चात् निगमको जनशक्ति व्यवस्थापनको आँकलन हुने निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।
    
सरकारी स्वामित्वको निगमले आन्तरिक उडानलाई निरन्तरता दिनुपर्ने बाध्यता छ । निगमले दुर्गम क्षेत्रमा रहेका नागरिकलाई भरपर्दो र विश्वसनीय सेवा तथा सुविधा दिनका लागि निकट भविष्यमा उडानलाई अगाडि बनाउने निर्णय गरेको छ । निगमको आन्तरिक सेवा र  नियमित अन्तरराष्ट्रिय उडान शुरु भएपछि जनशक्ति व्यवस्थापनलाई आवश्यकताका आधारमा व्यवस्थापन गरिने पनि निगमले उल्लेख गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया