समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख भन्छन् 'अब प्रचण्ड र बाबुराम एकैठाउँ हुनुपर्छ'

३ बर्ष अगाडि

जनता समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले अब प्रचण्ड र बाबराम सँगसँगै हुनुपर्ने धारणा राखेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर पाण्डेले प्रचण्ड बाबुराम र सँगसँगै देशको पनि हित हुने बताएका हुन् । 

उनले एमालेसँग एकता गरेर नेकपासम्म आइपुग्दा प्रचण्डको र नयाँ शक्ति हुँदै जसपासम्म आइपुग्दा बाबुरामको राजनीतिक प्रयोगको आफ्नो रहर पक्कै पूरा भएको भन्दै अब २०५२ पछिका सबै प्रगतिशिल शक्तिहरु एकठाउँमा हुनुपर्ने भनेका छन् । 

‘मेरो विचारमा एमालेसँग एकता गरेर नेकपासम्म आइपुग्दा प्रचण्डको र नयाँ शक्ति हुँदै जसपासम्म आइपुग्दा बाबुरामको राजनीतिक प्रयोगको आफ्नो रहर पक्कै पूरा भयो होला’, उनले भने ‘अब प्रचण्ड बाबुरामसहित २०५२ सालपछिका सबै प्रगतिशील शक्तिहरु एकठाउँमा हुने वातावरण बन्दा नै प्रचण्ड बाबुराम र सँगसँगै देशको पनि हित हुने देख्दछु ।’ 

उनले यो  आफ्नो व्यक्तिगत विचार रहेको पनि लेखेका छन् । पाण्डे जनयुद्धकालदेखि नै भट्टराइसँग रहेर काम गरेका नेता हुन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया