राष्ट्र बैंकले फेरी बैंकहरुबाट २० अर्ब लैजाने

३ बर्ष अगाडि

काठमाडौं – बैंकहरुमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्दै २० अर्ब रकम बैंकिङ प्रणालीबाट तान्ने भएको छ । अहिले लकडाउनका कारण कर्जा प्रवाह हुन नसक्दा बैंकहरुसँग अर्बाै रुपैयाँ तरलता छ, त्यसपछि राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेर बैंकहरुबाट १ हप्ताका लागि रकम तान्न लागेको हो । 

राष्ट्र बैंकले बोलकोबल मार्फत बैंक मार्फत उक्त रकम लिने छ, जसले कम व्याजदरमा दिन्छ, उसको पैसा नै राष्ट्र बैंकले लिन्छ । र, म्याद सकिएपछि व्याज सहित फिर्ता दिन्छ । 
बिहीबार बोलकबोल गरेर शुक्रबार बैंकहरुबाट पैसा लिने राष्ट्र बैंकको भनाइ छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया