कारोबारको दोस्रो घण्टा :ओरालो लाग्यो नेप्से

३ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको दोस्रो घण्टामा ३.९७ अंकले ओरालो लागेको छ ।

कारोबार सुरुमा उकालो त्यसपछि ओरालो यात्रा तय गरेको परिसूचक दोस्रो घण्टाको अन्तिम सम्म आउँदा ४ अकंले ओरालो लागेको हो ।

आज १४३२.१४ को बिन्दुबाट सुरु भएको कारोबार २ घण्टाको अवधीमा १४२७.५६को बिन्दुमा पुगेको छ । 

आज ११ बजे  १४३२.१४  को विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक ०.२८  प्रतिशतले घटेको छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्य ६ वटा उपसमुह मात्र बढेका छन् ।

अहिले कारोबार भईरहेका १८१ कम्पनीको १६ लाख ३३ हजार कित्ता शेयर खरिद विक्री हुदाँ ६८ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया