कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ७ अंकले उकालो लाग्यो नेप्से

३ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से ) परिसुचक कारोबारको अन्तिम घण्टा सम्म आइपुग्दा ७.५३ अंकले  बढेको  छ ।

कारोबार सुरुमा उकालो त्यसपछि ओरालो यात्रा तय गरेर पुन  अन्तिम सम्म नेप्से परिसूचक ४ घण्टाको अन्तिम सम्म आउँदा ०.५३ प्रतिशतले उकालो लागेको हो ।

आज १४३२.१४ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधीमा १४३९.०६ को बिन्दुमा पुगेको छ । 

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्ये सबै उपसमुह मात्र बढेका छन् ।

आज कारोबार भएका १८९ कम्पनीको ३४ लाख ३० हजार कित्ता शेयर खरिद विक्री हुदाँ  १ अर्ब ३२ करोड  २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै कारोबारमा आएका कम्पनिमध्ये नेपाल रिइन्सुरेन्स कम्पनिले १५ करोड ६ ३ लाख बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया