माछापुच्छ्रे बैंक र नेपाल चिकित्सक संघ बीच सम्झौता

३ बर्ष अगाडि

माछापुच्छ्रे बैंक र नेपाल चिकित्सक संघबीच नेपाल चिकित्सक संघ संग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आवद्ध रहेका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीहरु तथा संस्थाहरुलाई बिशेष बैङ्किङ सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । 

सम्झौता पत्रमा नेपाल चिकित्सक संघको तर्फबाट अध्यक्ष डा।लोचन कार्की माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला हस्ताक्षर गरे । राज्यको अभिन्न अंगको रुपमा रहेको चिकित्सा क्षेत्रमा आवद्ध चिकित्सक, स्वास्थ्यकर्मी तथा संस्थाहरुलाई बैंकले बिशेष प्राथमिकतामा राखेर बैङ्किङ सेवा प्रदान गर्नेछ ।

बैंकले संघको अफिसियल बैंकको रुपमा आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट सघंका सदस्यहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैङ्किङ सुबिधाहमा विशेष सहुलियत प्रदान गर्नेछ । 
 
 

३ बर्ष अगाडि

प्रतिक्रिया