एनआरएन इन्फ्रास्टक्चरको आईपीओ बिक्री खुल्ला

३ बर्ष अगाडि

काठमाडौं – एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओ आजदेखि बिक्रीमा आएको छ । कम्पनीको पुर्व सुचना अनुसार नै आजदेखि आईपीओको बिक्री खुल्ला गरिएको हो । 

कम्पनीले प्रतिकित्ता रु. १०० अंकित दरमा ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ निष्काशन गरेको हो ।  रकमका आधारमा कम्पनीले ३३ करोड ९८ लाख ४६ हजार रुपैयाँको आईपीओ निष्काशन गरेको हो । 
हाल कम्पनीको जारीआज पूँजी एक अर्ब १३ करोड २६ लाख रुपैयाँको रहेको छ, त्यसको ३० प्रतिशतको मात्रामा आईपीओ निष्काशन गर्न लागिएको हो । 

कुल कित्ता मध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता साधारण शेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ६७ हजार ९६१ किता शेयर कर्मचारीहरुका लागि छुट्टाइएको छ । बाँकी रहेको ३१ लाख ६० हजार १८३ कित्तामा सर्वसाधरणले आवेदन दिन सक्ने छन् ।

उक्त आईपीओमा छिटोमा साउन २१ गतेसम्म आवेदन दिन सकिने छ । ढिलोमा भने भदौ ३ गतेसम्म दिन सकिने बताइएको  छ । 
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिक्तम सबै कितमा आवेदन दिन सक्नेछन् । यस आईपीओको बिक्री प्रवन्धक सानिमा क्यापिटल रहेको छ ।
कम्पनीको यो आईपीओलाई केयर रेटिङ्गस् नेपालले केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ ।

ाबअभदययप कजबचष्लन दगततयलतधष्ततभच कजबचष्लन दगततयलउष्लतभचभकत कजबचष्लन दगततयलझबष् िकजबचष्लन दगततयल

३ बर्ष अगाडि

प्रतिक्रिया