आईपीओ निष्काशन गर्न रिलायन्स लाइफले पायो स्वीकृति

३ बर्ष अगाडि

काठमाडौ – आईपीओ निष्काशन गर्न रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । उक्त कम्पनीले शुत्रबार मात्र बोर्डबाट स्वीकृती पाएको हो । 

कम्पनीले ६३ करोड रुपैयाँ बराबर ६३ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । 
कम्पनीको आइपीओ निष्काशत तथा विक्री प्रबन्धकमा सानिमा क्यापीटल रहेको छ । कम्पनीको यस आईपीओलार्य ईक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । 

आईपीओ निष्काशन पछि कम्पनीको चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँ पुग्ने छ । अब आवश्यक तयारी गरेर आईपीओ निष्काशन गर्ने कम्पनीको तयारी छ। 

३ बर्ष अगाडि

प्रतिक्रिया