१२ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि आन्तरिक राजस्व कार्यालय नै आइसोलेसन

३ बर्ष अगाडि

एकैपटक १२ जना कर्मचारीमा कोरोना संक्रमण फेला परेपछि बाँकेको आन्तरिक राजस्व कार्यालयलाई आइसोलेसन सेन्टर बनाइएको छ ।

आन्तरिक राजस्वका अधिकृतहरुसहित त्यहीँ बस्ने १२ जनामा कोरोना देखिएपछि कार्यालयलाई आइसोलेसन बनाएर कर्मचारीहरुलाई त्यहीँ राखिएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले बताए । 

आन्तरिक राजस्व कार्यालयका ११ जना कर्मचारीमध्येमा चारजना बाँके, सुर्खेतका दुई जना, बर्दिया तथा अर्घाखाँची, कञ्चनपुर, सर्लाही र प्यूठानका एक–एक जना रहेका छन् ।

बाँकेमा आइसोलेसनमा रहेका संक्रमितको संख्या ५४ पुगेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया