पहिरोले पुर्‍याे इन्द्रावती जलविद्युतको बाँध, उत्पादन ठप्प

३ बर्ष अगाडि

नेसनल हाइड्रोपावरद्वारा प्रवर्धित इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थलमा गएको भीषण पहिरोले आयोजनाको उत्पादन ठप्प भएको छ ।

पाँचपोखरी थाङ्पाल–८, तिपेनीमा रहेको ७।५ मेगावाट उत्पादन क्षमता भएको उक्त आयोजनाको बाँधस्थलमा बिहीबार राति २ बजेतिर पहिरो खसेकोे थियो ।

पहिरोले आयोजनाको सुरुङमार्गको मुख्य प्रवेशद्वार, फ्लसिङ सिस्टम ९पोखरीबाट बालुवा फाल्ने० तथा पोखरीलाई पूर्णरूपमा क्षति पुर्‍याएको छ ।

पहिरोले तिपेनीबजार तथा पहिरोमाथिको मानव बस्तीसमेत जोखिममा परेको छ ।

निरन्तरको वर्षा तथा पाँचपोखरी पर्यटनमार्गको निर्माण र विस्तारका कारण उक्त क्षेत्रमा यसअघि पनि पहिरो खस्दै आएको थियो ।

पहिरोका कारण सवारी साधन तथा मानिसको आवत–जावतसमेत बन्द भएको छ ।

उक्त स्थानमा वैकल्पिक बाटोसमेत नहुँदा सयौं मानिस बीचबाटोमै अलपत्र परेका छन् ।

पहिरोका कारण अलपत्र मानिसको उद्धार तथा अवरुद्ध बाटो खुलाउन तत्काल लागिपर्ने पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए । रासस

३ बर्ष अगाडि

प्रतिक्रिया