सनराइज बैंक र एटी सर्भिसेसबीच रेमिट्यान्स सेवा सम्वन्धी सम्झौता

साउन १७, २०७७ | आजको अर्थ
ajaako_artha

सनराइज बैंक लिमिटेड र हङकङ स्थित एटी सर्भिसेसमार्फत अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौताअनुसार हङकङमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल हुने विश्वास लिइएको छ।

यसरी एटी सर्भिसेसमार्फत पैसा पठाउँदा अधिक्तम उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरिएको छ।

एटी सर्भिसेस मार्फत् हङकङबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सन्राइज बैंकका देशभर रहेका १३४ शाखाहरु र १० वटा विस्तारित काउन्टर तथा बैंकका देशभरी छरिएका १० हजार भन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भक्तानी लिन सकिने बैंकले बताएको छ।

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८