१४ दिन क्वारेण्टानइन बसेपछि घर पुगेका ६६ जनामा कोरोना संक्रमण

३ बर्ष अगाडि

भारतबाट आएर १४ दिन क्वारेण्टाइन बसेपछि घर पुगेका बझङका ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । असार अन्तिम साता भारतको बेंलोरबाट आएर क्वारेन्टिनमा बसेका केदारस्यूँ गाउँपालिकाका ६ र ७ का ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

एकै ठाउँबाट एकैसाथ आएको उनीहरु क्वारेण्टाइन बसेको १४ दिन पुगेपछि ९ साउनमा घर गएका थिए । साउन ७ गते स्वाब संकलन गरिएका उनीहरुमध्ये शुक्रबार २५ जना र शनिबार ४१ जना गरी ६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख कैलाश बलायरले जानकारी दिए ।

ठूलो संख्यामा संक्रमित भेटिएपछि शनिबार बसेको गाउँ कार्यपालिकाको बैठकले दुबै वडा सिल गर्ने र गाउँपालिकामा लकडाउन कडा गर्ने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष निशा धामीले बताइन् ।

संक्रमितहरुलाई चन्द्रोदय माध्यमिक विद्यालय र कैलाश भवानी माध्यमिक विद्यालयको आइसोलेसनमा राख्ने निर्णय भएको उपाध्यक्ष धामीले बताइन् ।

साथै उनीहरुको सम्पर्कमा आएका व्यक्ति र आफन्त सबैको पीसीआर परीक्षण गर्ने तयारी छ ।

गाउँपालिका मात्रै होईन बझाङ जिल्लामा समेत संक्रमितहरुको संख्या बढ्न थालेकाले लकडाउन कडा गर्ने बिषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी कमल राज भण्डारीले बताए । 

३ बर्ष अगाडि

प्रतिक्रिया