सीपीएल खेल्न गएका सन्दीप लामिछाने १४ दिन क्‍वारेन्टाइनमा

३ बर्ष अगाडि

क्यारेबियन प्रिमियर लिग ९सीपीएल० खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई १४ दिनको क्‍वारेन्टाइनमा राखिएको छ। सीपीएल खेल्ने सन्दीपलगायत सम्पूर्ण खेलाडीलाई आइतबारदेखि क्‍वारेन्टाइनमा राखिएको हो। 

सीपीएल आगामी भदौ २ गतेदेखि शुरु हुँदैछ। प्रतियोगिताअघि सबै खेलाडीले अनिवार्य १४ दिन क्‍वारेन्टाइन बस्नुपर्ने आयोजकले नियम बनाएको छ, त्यसैअनुसार अन्य खेलाडीले जस्तै सन्दीप पनि क्‍वारेन्टाइनमा बस्नु परेको होु, उनका व्यवस्थापक रमन शिवाकोटीले भने। यसबीचमा सन्दीपले आफ्नो पीसीआर परीक्षणसमेत गराउनु पर्ने उनले बताए। ुपीसीआर परीक्षणपछि मात्र त्यसको नतिजा हेरेर सीपीएल खेल्न पाइनेछु, उनले भने।

सन्दीप कोरियन एयरको चार्टर्ड जहाजमार्फत बिहीबार दक्षिण कोरिया र त्यहाँबाट अमेरिका हुँदै ट्रिनिडाड एन्ड टोबागो जानुभएको हो। सरकार र अन्य विभिन्न निकायको सहयोगमा उनी टोबागो गएका हुन्। टोबागो उड्नुअघि सन्दीपले गत मङ्गलबार पीसीआर परीक्षण गराएका थिए। उनको सानेपास्थित स्टार हस्पिटलमा स्वाब परीक्षण गरिएको र त्यसको नतिजा नेगेटिभ आएपछि मात्र टोबागो उड्न सहज भएको व्यवस्थापक शिवाकोटीले बताए। सरकारले अन्तर्राष्ट्रिय हवाई उडान आगामी भदौ १ गतेदेखि मात्र खोल्ने निर्णय गरेका कारण केही समय सन्दीपले सीपीएल खेल्नेबारे अन्योल भएको थियो।

सन्दीप सीपीएलका लागि यस पटक जमैका तल्लावाहजबाट अनुबन्धित हुनभएको हो। उहाँलाई जमैकाले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो। सन्दीपले सीपीएल खेल्न लागेको यो तेस्रो पटक हो। उनले यसअघि सन् २०१८ मा पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट सीपीएल खेल्नुभएको थियो। त्यसका लागि उहाँलाई पाँच हजार अमेरिकी डलर पारिश्रमिक दिइएको थियो। उक्त प्रतियोगितामा उनले पाँच खेलमा सात विकेट लिएका थिए।

यस्तै दोस्रो पटक सन्दीपले सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट सीपीएल खेलेका थिए। उनले गत वर्ष ७० हजार अमेरिकी डलर पारिश्रमिक प्राप्त गरेका थिए। सन्दीले सो प्रतियोगितामा छ खेलमा आठ विकेट लिएका थिए। यसपटक सन्दीपको टोलीमा विश्व क्रिकेटका प्रख्यात खेलाडी आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, तरबेज शाम्सी, ओशन थोमसलगायत छन्। उनी आबद्ध जमैका तलावाजले आगामी भदौ ३ गते सेन्ट लुसिया जौक्ससित खेल्नेछ।

सिपिएलका लागि विश्वका २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए। सीपीएलमा जमैकासँगै बार्बाडोस ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन्। सीपीएलमा कुल ३३ खेल हुने छन् भने कारोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने आयोजकले जनाएको छ। सीपीएल आगामी भदौ २५ गतेसम्म चल्ने छ।

सन्दीप टोबागोबाट सोझै इन्डियन प्रिमियर लिग ९आईपिएल० खेल्न असोज दोस्रो साता युनाईटेड अरब इमिरेटस् जानेछन्। यसपटक १३ औँ संस्करणको आईपीएल आगामी सेप्टेम्बरदेखि युएईमा शुरु हुँदैछ। कोरोना भाइरसका कारण यसपटक आईपीएल भारतमा आयोजना गर्न नकिएको हो। आईपीएल युएईमा आयोजना गर्न भारत सरकारले आयोजकलाई आइतबार अनुमति दिएपछि सो प्रतियोगिता हुने पक्का भएको हो। सन्दीपले आईपीएल दिल्ली क्यापिटल्सबाट खेल्नेछन्। उनले आईपीएल खेल्न लागेको तेस्रो पटक हो। यसअघिका दुई संस्करण पनि उनले दिल्ली टोलीबाटै खेलेका थिए।

३ बर्ष अगाडि

प्रतिक्रिया