टेलिकममा कमिसनको खेल, असर जुम्लामा : मोबाइल छ, आबाज छैन

३ बर्ष अगाडि

नेपाल टेलिकममा भएको कमिसनको खेलले ग्रामिण समुदायका जनताले हैरानी खेप्नुपरेको छ । कमिसनको खेलमा कमसल सामग्री जडान गर्ने गरेका कारण जनताले मोवाईल नेटवर्र्ककमा समस्या उत्पन्न भएपछि जनताले हैरानी खेप्नुपरेको हो । 

त्यसको पछिल्लो उदाहरण हो जुम्ला, जहाँका जनताले मोवाइल तथा लाइनफोनमा प्रस्ट आवाज नआउने, कुरा गर्दैगर्दा टेलिफोन काटिने र इन्टरनेट सेवाको सुस्तताको समस्या भोगेका छन् । यसैगरी नेपाल टेलिकमले जोडेको ल्याण्डलाइन इन्टरनेट सेवासमेत निकै ढिलो भएकाले कामकाज प्रभावित भएको छ ।    
    
सदरमुकाम खलङ्गामा समेत मोबाइल प्रस्ट नसुनिने गरेको उपभोक्ता गुनासो गर्दै आएका छन् । स्थानीयवासी राम रावलले मोबाइलमा प्रस्ट आवाज नसुनिने र रोकिने समस्या आएको तर यसका लागि सरोकारवाला निकायले समस्या समाधानमा ध्यान नदिएको बताए । 

नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठका अनुसार ग्राहक बढ्दै गएका र ट्रान्समिसन क्षमता पुरानै भएकाले अहिले टेलिफोनमा समस्या आएको बताए । उनका अनुसार यसका लागि प्रदेश कार्यालयलाई पत्राचार गरिएको छ । 

यही साउन ९ गते टेलिकम जुम्लाले प्रदेश कार्यालय सुर्खेतलाई लेखेको पत्रानुसार एक हप्तादेखि मोबाइल र डाटामा समस्या भएकाले यथाशीघ्र पहल गरिदिन अनुरोध गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताए । 
    
ट्रान्समिसन लिङ्क साँघुरो भएकाले बढाउनुपर्ने अवस्था छ । क्षमता मात्रै बढ्ने हो भने सुधारिन सक्छ । यसैगरी इन्टरनेटको ढिलाइले पनि उपभोक्ता आक्रोशित छन् । रकम मात्रै काट्ने तर सेवा प्रवाहमा ध्यान नदिने काम भएको छ । सञ्चारगृहमा समेत इन्टरनेट ढिलाइले एउटा समाचार पठाउन घण्टौँ लाग्ने गरेको पत्रकार महासङ्घका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईँले बताउनुभयो ।    
    
इन्टरनेट कमजोरीका कारण बैंक तथा वित्तीय संस्थाका कामदेखि ई–प्रणालीबाट गरिने आर्थिक कारोवारसमेत प्रभावित हुने गरेको छ । गाउँपालिकामा त झन् हैरान छ । पछिल्लो समय बजारमा आएका वल्र्डलिङ्क, एभरेष्टलगायतका इन्टरनेट प्रदायकका इन्टरनेट सेवासमेत ढिलो चल्ने भएकाले हैरान भएको हो । 

इन्टरनेटका कारण गाउँपालिकाका धेरै काम प्रभावित हुने गरेको जुम्लाको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले बताए। असारमा इन्टरनेटका कारण काम गर्न तनाव भएको कनकासुन्दरी गाउँपालिकाका लेखापाल गोपाल बुढाको गुनासो छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया