सलमान खानले मलाई काम दिँदैनन् स् जरीन खान

३ बर्ष अगाडि

अभिनेत्री जरीन खानले बलिउडमा डेब्यू गरेको एक दशक पूरा भएको छ । अभिनेता सलमान खानसँग फिल्म ‘वीर’ बाट आफ्नो फिल्म करिअर सुरु गरेकी उनले ‘हाउसफुल २’, ‘हेट स्टोरी ३’, ‘विरप्पन’ जस्ता फिल्ममा काम गरिसकेकी छन् । तर, उनको फिल्म करिअर सुखद छैन । बोल्ड अभिनेत्रीको छवि बनाएकी उनलाई कटरीना कैफको डुब्लिकेट भनेर समेत चिन्ने गरिन्छ । 
 
उनले आफ्ना प्रशंसकको प्रेम र साथले बलिउडमा १० वर्ष पूरा गरेको बताएकी छन् । ‘म फिल्म परिवारबाट आएको होइन । न त मेरो इन्डस्ट्रीमा कोही गडफादर नै छ । जब मैले बलिउडमा कदम राखेँ त्यसबेला सलमान खानले मेरो निकै मद्दत गर्नुभयो । तर, मानिसहरु सलमान खानका कारण मैले काम पाइरहेको भन्ने गर्दछन् । तर, यो सत्य होइन,’ उनले आजतकसँग भनेकी छन् । 
 
सलमान खानले आफूलाई काम दिने नगरेको स्पष्ट पार्दै जरीनले अगाडि थपेकी छन्, ‘सलमान खानले मलाई कुनै पनि कामका लागि सिफारिस गर्नुहुन्न । तर, उहाँ मेरो दिलको निकै नजिक हुनुहुन्छ र सधैं रहनुहुनेछ । म उहाँको निकै इज्जत गर्छु । किनकि, म आज यो इन्डस्ट्रीमा उहाँकै कारणले छु । बलिउड इन्डस्ट्रीको हिस्सा भएपछि मैले आफ्नो बाटो आफैंले तय गरेको हुँ ।’
 
उनी आफू रणवीर सिंहको निकै ठूलो फ्यान रहेको बताउँछिन् । रणवीरसँग फिल्ममा काम गर्ने आफ्नो सपना रहेको उनको भनाई छ । उनले सैफ अली खान र आमिर खानसँग पनि काम गर्ने इच्छा रहेको बताएकी छन् । उनी आफू सिम्पल र शान्त जिन्दगी जिउन मन पराउने बताउँछन् । फिल्म ‘हेट स्टोरी ३’ मा दिएको इन्टिमेट सिनका कारण जरीनको निकै आलोचना भएको थियो 

३ बर्ष अगाडि

प्रतिक्रिया